Thursday, July 19, 2018

som bahadur tamang

Best tips to prevent mobile hanging problems


मोबाइल ह्यांग हुने समस्याहरु रोक्ने तरिकहरु।  

lqlikelovelearn


नमस्कार साथीहरु, तपाईहरुको लागि खुसीको खबर छ किन भने यो पोस्टले तपाईहरुलाइ धेरै फाइदा हुनेवाला छ।  मलाई लाग्छ धेरै जसो साथीहरुको मोबाइल ह्यांग हुन्छ र टेंशन मा हुनुहुन्छ त्यसैले आजको यो पोस्ट अपडेट गरिरहेको छू।  


मोबाइल ह्यांग भयो भने के गर्ने / मोबाइल ह्यांग हुदा कसरी ठीक गर्ने।  

मोबाइल ह्यांग किन हुन्छ ठीक गर्नको लागि तपाईलाई यो जान्न जरुरी छ की तपाइको मोबाइल ह्यांग किन हुंचके कारणली ह्यांग भइरहेको छ।  किन भने मोबाइल ह्यांग होने जति पनि कारण छन त्यसबाट बाच्न सकौ।  



१. तपाइको मोबाइल मा जून कोही एंटीभाइरस छ व जून क्लीनिंग गर्ने एप्स इन्सटाल्ड छ त्यसलाई पहिला अनइंस्टाल गरदिनुहोस।  

२.   तपाईहरुको मोबाइल मा जति पनि एप्स छन त्यसमा जून तपाईलाई काम लाग्छ त्यो एप्स मात्रै राख्नु होस. काम नलाग्ने एप्स हरुलाई अनइंस्टाल गरदिनुहोस किन भने त्यो एप्स हरु तपाईलाई पछि हानिकारक हुन सक्छ किन की त्यों यूज़ नगर्ने एप्स को डाटा स्टोरेज बिस्तारै बिस्तारै बढ्दै जान्छ र तपाईलाई थाहा पनि हुदैन तपाइको मोबाइल किन ह्यांग भइरहेको छ।  

३.  अर्को मैन पोइन्ट भनेको यो हो की जून तपाईले यूज़ गर्नु हुन्न त्यसलाई फाॅर्स स्टॉप गरदिनु होस।  यदि त्यों यूज़ नगर्ने एप्स चलिरहेको छ भने तपाइको मोबाइल धेरै ह्यांग हुन सक्छ।  

४. कुनै कुनै एप्स को डाटा पनि क्लियर गर्दै गर्नुहोस किना भने समय समयमा डाटा बढ़दै जानाले पनि मोबाइल ह्यांग हुन सक्छ।  डाटा लिमिट राख्नुहोस।  

५.   यदि तपाईले कुनै नया मोबाइल लिनुभएको छ भने तपाईले त्यस मोबाइलमा फटाफट एप्सहरु इनस्टॉल नगर्नुहोस किनभने यसो गर्नाले कुनै कुनै नया मोबाइलले लोड गर्न सक्दैन र केहि दिनमै तपाइको मोबाइल ह्यांग हुने गर्दछ।  

६. धेरै साथीहरूले एप्सहरु इंटरनल स्टोरेज मा इनस्टॉल गर्ने गर्दछन यसो गर्नाले सिधै मोबाइल फ़ोन को RAM मा दबाब बढ्छ र मोबाइल ह्यांग होने गर्छा।  त्यसैले धेरै जसो एप लाइ मेमोरी कार्ड (एक्सटर्नल स्टोरेज)मा इनस्टॉल गर्नुहोस वा जून एप्स तपाइको फ़ोन मेमोरी (इंटरनल स्टोरेज)मा छ त्यसलाई मेमोरी कार्डमा ट्रांसफर गरदिनुहोस।  

७ . जहा  सम्म सक्नु हुन्छ तपाईले इंटरनल स्टोरेज लाइ क्लियर राख्नुहोस मतलब तपाइको फ़ोन मेमोरी फुल नगर्नुहोस र मेमोरी कार्ड मा पनि केहि स्पेस राख्नुहोस (जस्तै की यदि तपाईंसँग १६ gb मेमोरी कार्ड छ भने २ - ३ Gb सम्म स्पेस राख्नु नै होस। )

८.  यदि तपाई हरु इंटरनेट चलाउनु हुन्छ भने डाटा ऑन गरेपछि केहि समय सम्म स्क्रीन टच नगर्नु होस किन भने जब तपाईले डाटा ऑन गर्नुहुन्छ त्यो समयमा धेरै जसो प्रोसेस हरु जस्तै व्हाट्सएप , फेसबुक , IMO नोटिफिकेशन, केहि अपडेट हरु चलिरहेको हुन्छन्।  यदि तपाईले जहापनि घरी घरी टच गर्नु हुन्छ भने सिस्टम धेरै ह्यांग हुन सक्छ।  यदि तपाई चलाउन चाहनु हुन्छ भने केहि नोटिफिकेशन हरु लाइ आउने प्रतिक्षा गर्नुहोस त्यसपछि ओपन गर्नुहोस र चलाउनुहोस।  

९.   यदि तपाईले मोबाइल मा धेरै हाई लेवल ब्राउज़र यूज़ गर्नुहुन्छ जस्तै की गूगल क्रोम, मोरजिल्ला, यस्तो हाई लेवल को जून सुकै ब्राउज़र को डाटा क्लियर गर्नुहोस किन भने धेरै जसो तपाइको मोबाइल हरु येहो ब्राउज़रले ह्यांग गर्ने गर्दछ त्यसलाई भित्र देखि नै क्लियर कूकीज , क्लियर डाटा , क्लियर हिस्टोरी जस्तो सबै ऑप्शन यूज़ गरेर क्लियर गर्नुहोस।  यस्तो गर्नाले तपाइको मोबाइल को सिस्टममा कम लोड पर्ने गर्दछ।  

१०. तपाइको मोबाइल फ़ोन वा फ़ोन मेमोरी लाइ कहिले कही कंप्यूटर मा कनेक्ट गरी स्कैन गर्दै गर्नुहोस किन भने यसो गर्नाले केहि भाइरस हरु छन भने हट्ने गर्दछ।  

मैले यो केहि बेस्ट टिप्स हरु बताएको छू. शायद यो तपाइको लागि वा तपाइको साथीहरुको लागि राम्रो टिप्स होना सक्छ किन भने आजकल देख्ने हो भने राम्रो भन्दा राम्रो मोबाइल यही प्रॉब्लम ले हैंग हुने गर्दछ।  


साथीहरु यो पोस्टलाइ तपाई आफ्नो फॅमिली वा आफ्नो साथीहरुलाई शेयर गर्नु होस किन की वहाहरूपनि यस्तो परिस्थिति बाट बाच्न सकोस।  

यो पोस्टले एक  मोबाइल ह्यांग हुन बाट बाच्न मात्र हैन।  यो पोस्टले तपाइको फ़ोन को बैटरी , तपाइको मोबाइलको लाइफको लागि पनि जरुरी छ।  यो टिप्स हरु फॉलो गर्नाले तपाइको मोबाइलमा केहि सास थपिन सक्छ।  

तपाईहरुले जानी सक्नु भयो मोबाइल ह्यांग भएपछि के गर्ने र मोबाइल ह्यांग हुनबाट कसरी रोकने भन्ने बारेमा , अझै पनि केहि प्रश्न छन भने तपाईले कमेंट बॉक्स मा गैर कमेंट गरेर सोध्न सक्नु हुन्छ।  



som bahadur tamang

About som bahadur tamang -

Author Description here.. नमस्कार , साथीहरु म सोम बाहादुर तामाङ् ! LQ = Like * Love * Learn (Admin) , मलाई मैले जानेको कुराहरु सिकाउन र अरुलाई मदत गर्न राम्रो लाग्छ , मैले यस वेबसाइट मा नेपाली भाषामा तपाइहरुलाई अन लाईन मार्फत मदत गर्ने सोच बनाएको छु , यदी तपाइहरुलाई लाग्छ कि यो वेब साइटले तपाईहरु लाई मदत पुर्याउछ भने आफ्नो साथीहरुलाई यसको बारेमा भन्न नबिर्सनुहोला ! !! धन्यवाद !!

Subscribe to this Blog via Email :

thank you for comments.