Tuesday, July 17, 2018

som bahadur tamang

Methods to change apps and icons on mobile phones.



एंड्राइड मा रहेको एपको नाम र आइकॉन चेंज गर्ने तरीका (रुट बिना नै )


नमस्कार साथीहरु , आज म तपाईहरुको लागि यस्तो एउटा टिप्स एंड ट्रिक्स लिएर आएको छू। जसको बारेमा धेरै जसोलाई थाहा नहुन सक्छ।  यो टिप्स एंड ट्रिक्स को मदतले तपाईले कुनै पानी मोबाइल मा रहेको एप को नाम र आइकॉन चेंज गर्न सक्नु हुन्छ।  

तपाईंहरुलाई त थाहा नै होला की एंड्राइड /मोबाइल फ़ोन को आइकॉन हरु सधै डिफ़ॉल्ट नै हुन्छ जून तपाईले चेंज गर्न सक्नु हुन्न।  तर म तपाईंहरुलाई बताउन चाहन्छु की जसको मदतले हामीले कुनै पनि एंड्राइड / मोबाइल मा रहेको एप्स को नाम र आइकॉन आफ्नो हिसाबले मिलाउन सकिन्छ।  

यो टिप्स एंड ट्रिक्स को सबभन्दा महत्वोपूर्ण कुरा यो छ की यसलाई यूज़ गर्न को लागि तपाईले आफ्नो मोबाइललाई रुट गर्नु पर्दैन।  तपाईले आफ्नो मोबाइललाइ रुट नागरिकन नै यो टिप्स एंड ट्रिक्स लाइ सजिलो तरिकाले यूज़ गर्न सक्नुहुन्छ।  

यो टिप्स एंड ट्रिक्स को मदतले तपाईले आफ्नो मोबाइल मा रहेको पर्सनल एप्सलाई नाम र आइकॉन  लुकउन सक्नु हुन्छ।  तपाईले आफ्नो मोबाइल मा रहेको एप्स मा कुनै सेटिंग को पिक्चर लगाइदिनुहोस र नाम चेंज गरदिनुहोस त्यसपछि जो कोही होस आफुले चेंज गरेको एप्स तीर ध्यान जदैन र तिनीहरुले थाहा नै हुदैन की यो सेटिंग एप्स कुन एप्स को हो र के हो भनेर ? 
यदि तपाई चाहनु हुन्छ की तपाइको फ़ोन मा रहेको कुनै पनि एप्स को नाम र आइकॉन चेंज गर्ने त्यसको लागि यो आर्टिकल पुरै पढ्नुहोस नत्र भने तपाईहरुले केहि पनि बुझ्नु हुदैन।  धेरै जसो मानिसहरु यो गलती गर्छन की पहिला राम्ररी बुझ्दैन अनि फेरी यो ट्रिक्स यूज़ गर्न जान्दैनन।  

एंड्राइडमा रहेको एप्स को नाम र आइकॉन चेंज कसरी गर्ने ? 

:
स्टेप १ : यसको लागि सबभन्दा पहिला तपाईले आफ्नो मोबाइल फ़ोन मा एउटा एप्स इनस्टॉल गर्नु पर्दछ जसको नाम हो "Icon Changer free " तपाईले यो एप्स लाइ सिधै मोबाइल मा रहेको प्ले स्टोर बाट इनस्टॉल गैर्न सक्नु हुन्छ।  



स्टेप २ : इनस्टॉल गरिसकेपछि तपाईले यसलाई ओपन गर्नुहोस।  

स्टेप ३ : त्यसपछि तपाई अगाडी सबै मोबाइल मा रहेको एप्स शो हुन लाग्छ।  त्यसमा रहेको जून एप्स को नाम र आइकॉन चेंज गर्न चाहनुहुन्छ त्यसमा क्लिक गर्नुहोस।  

स्टेप ४ : तपाईले एप्स मा क्लिक गर्ने बित्तिकै एउटा न्यू ऑप्शन देख्न सक्नु हुन्छ।  अब तपाईले त्यसमा सेटिंग मिलाउनु पर्ने हुन्छ।  

  • Icon : आइकॉन चेंज गर्न को लागि चेंज ऑप्शन मा जानुहोस र गैलरी मा क्लिक गर्नुहोस र तपाईले चाहे अनुसारको कुनै पनि आइकॉन सेलेक्ट गरेर सेव गर्न सक्नु हुन्छ।  
  • Name : अब तपाईले नाम चेंज गर्नको लागि टाइटल मा जे नाम चेंज गर्न चाहनुहुन्छ त्यहि चेंज गर्न सक्नु हुन्छ।  
  • सबै गरी सकेपछि ओके मा क्लिक गरिदिनुहोस त्यसपछि केहि सेकंड मै तपाई को मोबाइल मा रहेको एप्स को नाम र आइकॉन सेभ हुन्छ र तपाइको मोबाइल को होम स्क्रीन मा शो हुन्छ।  

साथीहरु यसरी तपाईहरुले मोबाइल मा रहेको कुनै पनि एप्स को नाम र आइकॉन चेंज गर्न सक्नु हुन्छ।  

अब यदि तपाईलाई यो जानकारी राम्रो लाग्यो भने आफ्नो साथीहरुलाई शेयर गर्न नबिर्सनु होला र कुनै पनि मदत को लागि कमेंट बॉक्स मा गएर कमेंट गर्न सक्नुहुन्छ।  



---------

som bahadur tamang

About som bahadur tamang -

Author Description here.. नमस्कार , साथीहरु म सोम बाहादुर तामाङ् ! LQ = Like * Love * Learn (Admin) , मलाई मैले जानेको कुराहरु सिकाउन र अरुलाई मदत गर्न राम्रो लाग्छ , मैले यस वेबसाइट मा नेपाली भाषामा तपाइहरुलाई अन लाईन मार्फत मदत गर्ने सोच बनाएको छु , यदी तपाइहरुलाई लाग्छ कि यो वेब साइटले तपाईहरु लाई मदत पुर्याउछ भने आफ्नो साथीहरुलाई यसको बारेमा भन्न नबिर्सनुहोला ! !! धन्यवाद !!

Subscribe to this Blog via Email :

thank you for comments.