Thursday, August 2, 2018

som bahadur tamang

WhatsApp beta benefits and disadvantages. lets know.


व्हाट्सएप्प बेटा को फाइदा र बेफाइदा के के हो ? 

व्हाट्सएप बेटा को फाइदा र बेफाइदा के हो जान्नको लागि सबभन्दा पहिला यो जन्नुहोस व्हाट्सएप बेटा के हो ? 


lqlikelovelearn


व्हाट्सएप बेटा व्हाट्सएप को एउटा अर्को रूप हो।  व्हाट्सएप को भित्र जति पनि नया अपडेट छन त्यसलाई पहिला व्हाट्सएप बेटा मा टेस्ट हुने गर्दछ। यदि सजिलो भाषामा भन्ने हो भने व्हाट्सएप को भित्र जब कुनै पनी चीज चेंज हुन्छ वा कुनै पनि चीज एड गर्छ भने सब भन्दा पहिला त्यसलाई व्हाट्सएप बेटा मा टेस्ट गर्ने गर्दछ।  जो कोही व्हाट्सएप बेटा को प्रयोग गर्दछ त्यो मानिस व्हाट्सएप को भित्र जून जून ऑप्शन मा फेर बदल हुन्छ वा जून सुकै नया ऑप्शन जोडेको छ त्यसलाई टेस्ट गर्दछ र त्यसलाई धेरै राम्ररी चेक गर्ने गर्दछ।  यदि त्यसमा केहि कुनै समस्या छ, हुन्छ भने व्हाट्सएप को टीमलाई बताइन्छ।  व्हाट्सएप को टीमले त्यों समस्यालाई ठीक गर्ने गर्दछ।  त्यसपछि फेरी त्यसलाई दोश्रो पटक चेक गरिन्छ।  यस्तो तब सम्म गरिन्छ जब सम्म त्यों ऑप्शन हरु ठीक संग चल्दैन।  जब त्यों ऑप्शन राम्रो संग काम गर्न लाग्छ त्यसपछि व्हाट्सएपको भित्र अपडेट गर्ने गरिन्छ।  यसको मतलब हामीहरुलाई प्रयोग गर्नको लागि दिने गरिन्छ।  

अब तपाईहरुले यो त बुझ्नु भइसक्यो की व्हाट्सएप बेटा के हो र यसले कसरी काम गर्दछ।  अब हेर्नु होस व्हाट्सएप बेटा को प्रयोग क कस्ले गर्दछ र व्हाट्सएप बेटाको प्रयोग क-कसले गर्नुपर्छ।  व्हाट्सएप बेटा डेवेलपर्स हरुको लागि बनाइएको हो र जून डेवेलपर हुन्छ उनीहरु व्हाट्सएप बेटा  प्रयोग गर्ने गर्दछ र उनीहरुले  यसको प्रयोग  गर्नु पनि पर्दछ।  डेवेलपर बाहेक जो संग वेबसाइट , ब्लॉग , यूट्यूब च्यानल छ र तिनीहरु टेक्नोलॉजी संग आधारित आर्टिकल हरु लेख्छन वा वीडियो हरु बनाउछन वा कुनै पनि अरु माध्यमबाट मानिसहरुलाई टेक्नोलॉजी को बारेमा बताउछ भने तिनीहरु पनि व्हाट्सएप बेटा को प्रयोग गर्न सक्छन।  यस बाहेक यदि तपाई एउटा नर्मल यूजर हो भने मेरो बिचार मा तपाईहरुले व्हाट्सएप बेटा को प्रयोग नगर्दा नै ठीक होला। मेरो मतलब यस्तो हैन की नया यूजर हरुले यसको प्रयोग गर्न सक्दैन भनेर तर तपाईहरुले प्रयोग गर्न सक्नुहुन्छ जो कसैले नि गर्न सक्छन तर व्हाट्सएप बेटा प्रयोग गर्नु भन्दा पहिला तपाईहरुले यो बुझ्नु होस की व्हाट्सएप बेटा प्रयोग गरेपछि यसको के के फाइदा र के के बेफाईदाहरु छन।  त्यसपछि मात्र तपाईहरु निर्णय गर्नु होस तपाईहरुले व्हाट्सएप को प्रयोग गर्दा ठीक की बेठीक।  



व्हाट्सएप बेटा को प्रयोग गर्नुको फाईदाहरु :-

व्हाट्सएप बेटा को प्रयोग गरेर तपाईले व्हाट्सएप नया  अपडेट र नया ऑप्शन को प्रयोग नार्मल व्हाट्सएप यूजर भन्दा पहिला गर्न सक्नुहुन्छ।  यस बाहेक व्हाट्सएप जून नया अपडेट छ त्यसले  राम्ररी काम गरेको छ वा छैन।  त्यसमा के के समस्या छ।  नया अपडेट हरु तपाईहरुको लागि सही छ की छैन वा नया अपडेट को बारेमा तपाइको सर सल्लाह , बिचारहरु तपाईले व्हाट्सएप टीमलाई बताउन सक्नु हुन्छ।  यदि तपाईहरु कुनै वेबसाइट चलाउनु हुन्छ वा तपाई कुनै ब्लॉगर हुनुहुन्छ वा यूट्यूब चलाउनुहुन्छ वा यदि तपाई टेक्नोलॉजी को बारेमा बताउनुहुन्छ भने व्हाट्सएप बेटा को प्रयोग गरेर तपाईले व्हाट्सएप मा आउने वाला नया ऑप्शन को बारेमा बताऊन सक्नुहुन्छ।  तपाईले बताउन सक्नु हुन्छ की व्हाट्सएप मा नया ऑप्शन के आउने वाला छ र यसले कसरी काम गर्दछ जसको मदतले त्यो नया ऑप्शन मानिसहरुले प्रयोग गर्नु भन्दा  पहिला त्यसको बरमा राम्ररी बुझ्न सकोस र त्यसलाई प्रयोग गर्न सिक्न सकोस।  

व्हाट्सएप बेटा को प्रयोग गर्नुको  बेफाईदाहरु : - 

व्हाट्सएप बेटा प्रयोग गर्नुको धेरै फाईदाहरु छन भने धेरै नोक्सान हरु पनी छन।  जब तपाई व्हाट्सएप बेटाको प्रयोग गर्नु हुन्छ भने जब कुनै व्हाट्सएप भित्र नया ऑप्शन आउछ भने व्हाट्सएप टीम ले तपाईलाई त्यस  नया ऑप्शन लाइ टेस्ट गर्नलाई दिन्छ र त्यस ऑप्शन संग जून सुकै समस्या हुन्छ त्यसको सामना पनि तपाईले नै गर्नु पर्दछ।  जस्तै की : - व्हाट्सएप्प घरी घरी क्रैश हुनु , घरी घरी बंद हुनु , मोबाइल हैंग हुनु, यस बाहेक यो पनी हुन सक्छ की तपाइको व्हाट्सएप को केहि ऑप्शनहरु राम्ररी काम गर्दैन।  यस्तो प्रकारको अरु पनी धेरै समस्या हरुको  सामना तपाईले गर्नु पर्छ।  त्यसैले यदि तपाई व्हाट्सएप बेटा को प्रयोग गर्नु हुन्छ भने तपाईले इसको फाइदा पनि पाउनु हुन्छ र जून समस्या हुन्छ त्यसको सामना पनी गर्नुपर्छ।  

तपाईलाई यो आर्टिकल कस्तो लाग्यो र व्हाट्सएप बेटाको बारेमा तपाइको के बिचारहरु छन।  के तपाई पनी व्हाट्सएप बेटा को प्रयोग गर्न चाहनुहुन्छ।  यदि तपाईले व्हाट्सएप बेटाको प्रयोग गर्नु भएको छ भने तपाइको अनुभब कस्तो छ।  यो सबै को बारेमा तपाईहरुले तलको कमेंट बॉक्स मा बताउनु होस।  



यदि तपाईलाई यो पोस्टले मदत गर्छ भने कृपया यो पोस्टलाई आफ्नो साथीहरुलाई शेयर गर्नुहोस. तपाईले हामीलाई टूईटर , फेसबुक र ईमेलबाट पनि फलो गर्न सक्नु हुन्छ र यो आर्टिकल को बारेमा आफ्नो बिचारहरु कमेंट बॉक्स मा गएर कमेंट गर्नुहोस।  हामी तपाइको महत्वोपूर्ण कमेंट को सधै कदर गर्नेछौ। 







som bahadur tamang

About som bahadur tamang -

Author Description here.. नमस्कार , साथीहरु म सोम बाहादुर तामाङ् ! LQ = Like * Love * Learn (Admin) , मलाई मैले जानेको कुराहरु सिकाउन र अरुलाई मदत गर्न राम्रो लाग्छ , मैले यस वेबसाइट मा नेपाली भाषामा तपाइहरुलाई अन लाईन मार्फत मदत गर्ने सोच बनाएको छु , यदी तपाइहरुलाई लाग्छ कि यो वेब साइटले तपाईहरु लाई मदत पुर्याउछ भने आफ्नो साथीहरुलाई यसको बारेमा भन्न नबिर्सनुहोला ! !! धन्यवाद !!

Subscribe to this Blog via Email :

thank you for comments.