Saturday, August 18, 2018

som bahadur tamang

Know, what the world's most dangerous threat to the computer viruses


दुनियाको सबभन्दा खतरा १० प्रकारको कम्प्यूटर भाइरस।  

lqlikelovelearn

कम्प्यूटर भाइरस एक कम्प्यूटर प्रोग्राम हो।  जून स्वत आफैले प्रतिक्रित बनाउन सक्छ र कम्प्यूटर उपयोगकर्ताको अनुमति बिना नै कुनै पनि कम्प्यूटरलाई संक्रमित गर्न सक्छ।  बिभिन्न प्रकारको malware र adware प्रोग्राम को सन्दर्भमा पनि भाइरस शब्द को प्रयोग सामान्य रुपमा हुने गर्दछ।  
आउनुहोस , जानौ दुनियाको सबभन्दा खतरा कम्प्यूटर भाइरसहरु कुन कुन हो ? 
१.   I love you virus :- यो भाइरस i love you शीर्षक को साथमा आउने गर्दछ र यसको साथमा attachment को रुपमा  love letter for you जोडेको हुन्छ।  यो मेललाइ खोल्नासाथ वायरस एक्टिव हुने गर्दछ।  यो वायरस आफै सिस्टममा आउदछ र कम्प्यूटर प्रयोगकर्ताको मेल बॉक्स मा भएको ५० जनालाई ठीक त्यही मैसेज पठाइदिन्छ जून सन्देशको माध्यमबाट त्यो कुनै प्रयोगकर्ताको सिस्टम मा आएको थियो।  यो वायरसले पूरै मेल र सर्वर सिस्टमलाइ क्रैश गर्दछ।  यो वायरसले केहि banking सिस्टमलाइ पनि खत्तम परिसकेको छ।  यो वायरस को कारणले केहि पेजर र पेजिंग सर्विसेजलाइ पनि बंद गर्नु परेको छ। 


२. CIH virus :- यो वायरसले अटैक गरेपछि कम्प्यूटर सिस्टममा हार्डवेयर क्रैश हुने गर्दछ।  यो वायरसले सिस्टमको BIOS Chip लाइ overwrite गरिदिन्छ।  

३. Melissa Virus : - यो वायरस आपसेआप सिस्टममा आउने गर्दछ र कम्प्यूटर प्रयोगकर्ताको मेल बॉक्स मा भएको ५० जनालाई ठीक त्यही मैसेज पठाइदिन्छ जून सन्देशको माध्यमबाट त्यो कुनै प्रयोगकर्ताको सिस्टममा आएको हुन्छ। यो वायरसले जून नेटवर्कमा हमला गर्छ भने त्यसलाई ओवरलोड गरिदिन्छ।  यो वायरसको आक्रमणको कारणले प्रयोगकर्ताको ID बाट धेरै मेल जाने गर्दछ। यो वायरसको नाम फ्लोरिडा को डाँसरको नाममा राखिएको हो।  

४. Beast Trojan Horse Virus :- यो वायरस कम्प्यूटरबाट डाउनलोड हुनसाथ पुरै सिस्टमलाई आफ्नो कन्ट्रोलमा लिने गर्दछ र केहि सेकण्डमा नै आफै कॉपी भएर हजारौ फाइल बन्ने गर्दछ।  यो वायरसले अटैक गरेपछि सिस्टममा कुनै पनि हैकर्सले उपयोगकर्ता को कम्प्यूटरबाट फाइल मैनेजर, रजिस्ट्री एडिटर , वेबकेम, पावर ऑप्शन , रिमोट आईपी स्कैनर आदिलाइ पुरै कन्ट्रोल गर्ने गर्दछ।

५. Anna kournikova Virus :- यो वायरस डाटालाइ असर गर्नासाथ धेरै छिटो रुपमा मेल बॉक्स मा फैलिने गर्दछ।  यो वायरस को साथमा टेनिस स्टार अन्ना कोर्निकोवा को फोटो पनि अटैच पनि हुने गर्दछ जसको कारण यस भाइरसलाइ अन्ना कोर्निकोवा  भाइरस पनि भन्ने गर्दछ। 

६. Storm Worm virus :- यो भाइरस मेलमा आउने लिंक मा क्लिक गर्ने बित्तिकै फ़ोन मा इनस्टॉल हुने गर्दछ।  जसरी यो सिस्टममा डाउनलोड हुन्छ हैकरले कम्प्यूटरमा नियन्त्रण गरेर इन्टरनेटको माध्यमबाट इमेज पठाउन सक्छ।  

७. My Doom virus :- यो भाइरस "mail transaction failed" जस्तो शीर्षकको साथमा आउने गर्दछ।  यो भाइरसले मेल बॉक्स को एड्रेस बुकमा ट्रान्सफर भएर डाटालाइ  समाप्त गरिदिन्छ।

८. Conflicker Virus  :- यो भाइरसले विंडोज ऑपरेटिंग सिस्टमद्वारा चलने जति सिस्टमलाई असर गर्ने गर्दछ।  यो भाइरसको प्रयोग प्राय बित्तीय तथ्याङ्क वा जानकारी चोर्नको लागि प्रयोग गर्ने गरिन्छ।  सिस्टममा यो भाइरसले आक्रमण गरेपछि लोकल नेटवर्क संग जोडिएको अर्को डिवाइसलाइ पनि असर पार्दछ।  यो भाइरसले करोडौँ सरकारी ऑफिस , बिज़नेस ऑफिस र घरमा प्रयोग हुने कम्प्यूटरलाइ पनि असर परिसकेको छ। 

९. Bebroot Virus : यो भाइरस कम्प्यूटरमा डाउनलोड हुने बित्तिकै पुरै सिस्टमलाइ बशमा पार्दछ र केहि सेकण्डमै आफै कॉपी भएर हजारौ फाइल बन्ने गर्दछ।  यो भाइरस को असरले सिस्टममा हैकर्स ले कुनै पनि उपयोगकर्ताको  कम्प्यूटरबाट फाइल मैनेजर, रजिस्ट्री एडिटर , वेबकेम, पावर ऑप्शन , रिमोट आईपी स्कैनर आदिलाइ पुरै कन्ट्रोल गर्ने सक्छ। 

१०. Leap Virus :- यो भाइरसले सर्बप्रथम एप्पल को macbook लाइ असर पारेको थियो। यो भाइरस मैसेज को माध्यम बाट आउने गर्दछ।  यो भाइरसको असरले सिस्टम ढिलो हुने गर्दछ।  

कम्प्यूटर भाइरस कसरी फैलिने गर्दछ।  
कम्प्यूटर भाइरस एक कम्प्यूटरबाट अर्को कम्प्युटरमा तब मात्र फैलिन सक्छ जब यसको कुनै भाइरस भएको कम्प्यूटरमा लगाउने गरिन्छ।  जस्तै : जब कुनै उपयोगकर्ता को फ्लॉपी डिस्क , CD वा USB Drive प्रयोग गरिन्छ तब त्यस उपकरणको माध्यमबाट भाइरस अर्को कम्प्यूटरका फैलिने गर्दछ।  आजकल धेरै जसो पर्सनल कम्प्यूटर इन्टरनेट र लोकल एरिया नेटवर्कसंग जोडिएको हुन्छ र लोकल एरिया नेटवर्कले भाइरसलाई फैलाउने प्रक्रियालाई सजिलो बनाउछ।  यसबाहेक वर्ल्ड वाइड वेब (www) , ईमेल , instant messaging र file sharing जस्तो प्रकियाले पनि भाइरसलाई फैलाउन मदत गर्दछ।

Related Articles 


साथीहरु , म आशा गर्दछु की तपाईंहरुलाई यो पोस्ट राम्रो लाग्यो होला र तपाईले बुझ्नु भयो होला की कम्प्यूटर को भाइरसहरु के के हुन र यसले असर गरेपछि के के हुन्छ भनेर।  यदि तपाईंहरुलाई यो पोस्ट राम्रो लाग्यो भने यसलाई सोशल मीडिया मा आफ्नो साथीहरुलाई शेयर गर्नुहोस र साथ साथै टेक्नोलॉजी सम्बन्धी यस्तै रोमाञ्चक जानकारीको लागि हामीलाई ट्विटर , फेसबुक र ईमेलबाट पनि फॉलो गर्न सक्नु हुन्छ र यो  बारेमा आफ्नो बिचारहरु कमेंट बॉक्समा गएर कमेँट गर्नुहोस।  हामी तपाइको महत्वपूर्ण कमेन्टको सधै कदर गर्नेछौ। 

!!! धन्यबाद !!!


som bahadur tamang

About som bahadur tamang -

Author Description here.. नमस्कार , साथीहरु म सोम बाहादुर तामाङ् ! LQ = Like * Love * Learn (Admin) , मलाई मैले जानेको कुराहरु सिकाउन र अरुलाई मदत गर्न राम्रो लाग्छ , मैले यस वेबसाइट मा नेपाली भाषामा तपाइहरुलाई अन लाईन मार्फत मदत गर्ने सोच बनाएको छु , यदी तपाइहरुलाई लाग्छ कि यो वेब साइटले तपाईहरु लाई मदत पुर्याउछ भने आफ्नो साथीहरुलाई यसको बारेमा भन्न नबिर्सनुहोला ! !! धन्यवाद !!

Subscribe to this Blog via Email :

thank you for comments.