Saturday, August 25, 2018

som bahadur tamang

What is Affiliate Marketing? How to earn money from. Tips & Tricks

Affiliate Marketing  भनेको के हो ? यसबाट पैसा कसरी कमाउने। 


नमस्कार साथीहरु , म सोम बहादुर तमाङ्ग। मेरो lqlikelovelearn ब्लॉगमा यहाँहरुलाई स्वागत गर्दछु।  म यो मेरो ब्लॉगमा टेक्नोलॉजीसंग सम्बन्धित कंटेंटहरु ल्याउदै गरीरहन्छु। म तपाईहरुलाइ सधै टेक्नोलॉजीसंग  up to date राख्न सकू किनकी जब पढ्नु हुन्छ तब त अघि बढ्नु हुन्छ।  म पुरै कोशिश गर्ने छू की मबाट दिईएको हरेक जानकारी तपाईहरुले बुझ्न सकुन र आउनुहोस यसैगरी हाम्रो ब्लॉगमा जोड़ीरहनु होस। जसरी मैले भने की यहाँ सधै तपाईहरुको लागि टेक्नोलोजी सम्बन्धी जानकारी ल्याउदछु। आज हामी यस आर्टिकलमा Affiliate marketing को बारेमा बुझनेछौ। Affiliate Marketing भनेको के हो , यसले कसरी काम गर्छ र यसबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने बारेमा जति पनि प्रश्नहरु छन त्यो सब को जवाफ तपाईले यस पोस्टमा पाउन सक्नुहुन्छ।  जो कोही प्रोफेशनल ब्लॉगर छन तिनीहरुले सबभन्दा धेरै एफिलिएट मार्केटिंग को माध्यमले ब्लॉगरले लाखौ रुपैया कमाउछन। यदि हामीहरुले टॉप ब्लॉगर को इनकम रिपोर्ट हेर्ने हो भने ब्लॉगर हरुले सबभन्दा धेरै इनकम यही एफिलिएट मार्केटिंग को मदतले कमाउने गर्दछन।  तपाईले धेरै चोटी फेसबुक मा मानिसहरुले अलग अलग प्रोडक्ट को लिंक शेयर गरेको देख्नु भएकै होला।  त्यति बेला तपाइको मनमा प्रश्न उठेको होला की मानिसहरुले  यस्तो लिंक किन शेयर गर्छन भनेर।   उसलाई यसको के फाइदा छ. त्यसो हो भने यसको जवाफ पनि यस पोस्टमा पाउन सक्नु हुन्छ।

lqlikelovelearn


Affiliate Marketing भनेको के हो ?
जब कुनै पनि मानिसले आफ्नो रेफरल लिंकबाट कुनै पनि कम्पनी को प्रोडक्ट सेल गराउँछ, त्यसको बदलामा सेल गरेबापत कम्पनीबाट कमिशन मिल्ने गर्दछ जसलाई एफिलिएट मार्केटिंग भन्ने गरिन्छ।  

ब्लॉगरहरुले आफ्नो ब्लॉग मा एफिलिएट लिंक, बैनर शो गरेर प्रोडक्टलाइ प्रमोट गर्ने गर्दछ र त्यस लिंक मार्फ़त यदि कुनै पनि मानिसले त्यो प्रोडक्ट किन्छ भने त्यस ब्लॉगर उसको कमीशन मिलने गर्दछ।  कमीशन प्रोडक्ट अनुसार हुन्छ।  धेरै जसो वेबसाइटले हाई कमीशन ऑफर गर्दछ।  यदि हामीले cloths, electronic Items जस्तै Mobile , laptop , Accessories , यस्तो प्रकारको प्रोडक्टहरुलाई प्रमोट गर्न सकिन्छ।  

आजकल इन्टरनेटमा सबै चिजहरु ऑनलाइन मार्फ़त पाउन सकिन्छ।  धेरै जसो वेबसाइटहरु जस्तै : Amazon , Flipcart . जून साइट मा धेरै प्रोडक्ट पाउन सकिन्छ।  हमीहरुले यस साइटमा join गरेर उनीहरुको प्रोडक्टलाइ प्रमोट गरेर राम्रो कमीशन गर्न सकिन्छ।  यदि तपाइको ब्लॉग , वेबसाइट मा राम्रो ट्राफिक छ भने यसबाट तपाईले अनलिमिटेड  इनकम गर्न सक्नु हुन्छ।  यसमा हामीले यूजर को प्रोडक्ट किन्नलाई मजबूर गर्न सक्नु पर्छ र तब मात्र सम्भब छ जब तपाईले राम्रो प्रोडक्टलाइ प्रमोट गर्नुहोस।  तपाईले आफ्नो रीडर संग राम्रो रिलेशन बनाउनुहोस जसले तपाई माथि बिश्वास गरोस र तपाइको लिंक मार्फ़त प्रोडक्ट कीनोस।


Affiliate Marketing ले कसरी काम गर्दछ।  
जसको तपाईले प्रोडक्ट सेल गर्न चाहनुहुन्छ तपाईले सबभन्दा पहिला त्यस वेबसाइट वा  कम्पनी मा जोइन हुनु पर्दछ ।  अब तपाईले वेबसाइट जोइन गरिसकेपछि त्यहा तपाईहरुलाई एक एफिलिएट ID, Link मिल्ने गर्दछ।  जून लिंक तपाईले आफ्नो ब्लॉगमा, आफ्नो फेसबुक मा शेयर गर्नु पर्दछ।  त्यसपछि जब कुनै रीडर वा विसिटोर्स तपाईले शेयर गरेको लिंकको माध्यमबाट  कुनै सामान किन्छ भने कमीशन प्राप्त हुन्छ। यसरी एफिलिएट मार्केटिंगले काम गर्दछ।

एफिलिएट मार्केटिंग मा हामीले बुझ्नु पर्ने कुराहरु ;-
१. Affiliate ID :- जब हामीले कुनै वेबसाइट , कम्पनी जोइन गरिन्छ तब हामीलाई कुनै एक यूनिक ID मिलने गर्दछ।  जसले तपाइको प्रोडक्टलाइ ट्रैक गर्ने गरिन्छ  की तपाइको कति विसिटियर्सले तपाइको ID को माध्यम बाट प्रोडक्ट purchase गर्दछ।

२. commission :- एफिलिएट मार्केटिंगमा हरेक प्रोडक्ट मा कमीशन फिक्स्ड गरिएको हुन्छ।  जस्तै : कुनै प्रोडक्ट को  ४% भने कुनै प्रोडक्ट को १०% कमीशन  मिलने गर्दछ।  अलग अलग वेबसाइट को कमीशन रेट अलग अलग।
छ।

३. Payment :- हामीलाई हाम्रो कमीशन कसरी मिल्ने गर्दछ भने धेरै जसो कम्पनी , वेबसाइट , payment paypal को माध्यम बाट गर्दछ भने कुनैले डायरेक्ट पेमेन्ट बैंक अकाउंट मा गर्ने गर्दछ।

४. Coupons & Promo : - कहिले काही कम्पनी , वेबसाइटले प्रोडक्ट मा डिस्काउंट दिने गर्दछ।  त्यसको लागि तपाईलाई Coupons वा Promo Code Provide गर्ने गर्दछ।

Affiliate Marketing बाट कसरी कमाउने। 
सब भन्दा पाहिले हामीले कुनै E - Commerce वेबसाइट मा जोइन गरेर त्यहा आफ्नो एफिलिएट अकाउंट बनाउनु पर्दछ। Affiliate Link कहाँ कहाँ शेयर गर्न सकिन्छ।

१. website / Blog : - सबभन्दा बेस्ट भनेको तपाइको आफ्नो कुनै वेबसाइट वा ब्लॉग छ भने यो एकदम राम्रो सोर्स हो जहा हामीले लिंक शेयर  गर्न सकिन्छ।   सब भन्दा धेरै धेरै इनकम तपाईलाई इंग्लिश ब्लॉग, वेबसाइट बाट हुन सक्छ।  किन भने इंग्लिश ब्लॉग वा वेबसाइट मा वर्ल्ड वाइड विसिटोर्स विजिट गर्ने गर्दछ।  त्यही नेपाली वा कुनै लोकल भाषाको ब्लॉग वा वेबसाइटको लागि यो अली मुश्किल छ किन भने यसको लागि हाम्रो ब्लॉग वा वेबसाइट को लागि राम्रो ट्राफिक हुनु  जरुरी छ।

२. Facebook Page : - धेरै जसो मानिसहरु फेसबुक पेज बाट अनलिमिटेड इनकम गर्ने गर्दछ।  उनको मैन सोर्स भनेको यही हुन्छ।  उसले आफ्नो पेज मा एफिलिएट लिंक शेयर गर्दछ यसको लागि तपाइको फेसबुक पेज मा धेरै लाइक्स हुनु पर्दछ तब मात्र तपाईलाई तपाइको फेसबुक पेज बाट केहि कमाई हुन्छ।

३. Facebook Group :- मैले माथि भनेको थिए की केहि मानिसहरु फेसबुक मा लिंक शेयर गर्ने गर्दछ भनेर। हो तिनीहरु यहीं लिंक शेयर गर्दछ।  त्यसको लागि तपाईले पनि फेसबुक ग्रुप बनाएर यस्तै प्रकारले लिंक शेयर गर्न सक्नु हुन्छ।
यो भनेको ऑनलाइन कमाउने बाटो हो जसको माध्यम बाट हामीले पैसा कमाउन सकिन्छ।

Affiliate Marketing गर्ने समयमा follow गर्ने टिप्स हरु:-

१. राम्रो प्रोडक्टलाइ मात्र प्रमोट गर्नुहोस : - केहि मानिसहरु कमाउनको चक्करमा कुनै पनि प्रोडक्टलाइ प्रमोट गर्ने गर्दछ तर यदि तपाइको रीडरलाइ थाहा भयो  की तपाईले कमाई को चक्करमा low Quality प्रोडक्ट प्रमोट गरिरहेको छ भनेर तब यस्तोमा तपाई र तपाइको रीडर बिच रिलेशन ख़राब हुने गर्दछ र जसको कारण पछि तपाइको रीडर तपाइको लिंक को थ्रू प्रोडक्ट purchase गर्दैन।

२. Reader संग राम्रो रिलेशन बनाउनु होस: - एक पटक तपाईले आफ्नो रीडर को दिल जित्नु भो भने तपाईले टेन्शन लिनु पर्ने कुनै कारण नै छैन की तपाइको लिंक को माध्यम बाट रीडरले त्यस प्रोडक्ट पक्कै पनि purchase गर्दछ।

३. ब्लॉग / वेबसाइट को ट्राफिक बढाउनु होस : - जति धेरै ट्राफिक तपाइको ब्लॉग मा हुन्छ त्यति नै धेरै इनकम तपाइको एफिलिएट मार्केटिंग को माध्यमबाट हुन्छ।

Related Articles :-


नोट : - याद राख्नु होस , यो बिल्कुल फ्री हो फ्री हो र कुनै एफिलिएट प्रोग्राम जोईन गर्नको लागि हामीले कुनै पैसा तिर्नु पर्ने जरुरी छैन।  केहि मानिसहरु फेसबुक को माध्यमबाट राम्रो कमाई गर्दछ तर स्टेबल इनकम को लागि ब्लॉग वा वेबसाइट छ भने राम्रो हुन्छ र  यसलाई हामीले adsense को साथ साथै पनि एफिलिएट यूज़ गर्न सकिन्छ।

साथीहरु , म आशा गर्दछु की तपाईंहरुलाई यो पोस्ट राम्रो लाग्यो होला र तपाईले बुझ्नु भयो होला की Affiliate Marketing भनेको के हो , यसले कसरी काम गर्छ र यसबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने बारेमा।  यदि तपाईंहरुलाई यो पोस्ट राम्रो लाग्यो भने यसलाई सोशल मीडिया मा आफ्नो साथीहरुलाई शेयर गर्नुहोस र साथ साथै टेक्नोलॉजी सम्बन्धी यस्तै रोमाञ्चक जानकारीको लागि हामीलाई ट्विटर, फेसबुक र ईमेलबाट पनि फॉलो गर्न सक्नु हुन्छ र यसको बारेमा आफ्नो बिचारहरु कमेंट बॉक्समा गएर कमेंट गर्नुहोस।  हामी तपाइको महत्वपूर्ण कमेंटको सधै कदर गर्नेछौ।  
      
!!! धन्यबाद !!!








som bahadur tamang

About som bahadur tamang -

Author Description here.. नमस्कार , साथीहरु म सोम बाहादुर तामाङ् ! LQ = Like * Love * Learn (Admin) , मलाई मैले जानेको कुराहरु सिकाउन र अरुलाई मदत गर्न राम्रो लाग्छ , मैले यस वेबसाइट मा नेपाली भाषामा तपाइहरुलाई अन लाईन मार्फत मदत गर्ने सोच बनाएको छु , यदी तपाइहरुलाई लाग्छ कि यो वेब साइटले तपाईहरु लाई मदत पुर्याउछ भने आफ्नो साथीहरुलाई यसको बारेमा भन्न नबिर्सनुहोला ! !! धन्यवाद !!

Subscribe to this Blog via Email :

thank you for comments.