Thursday, August 30, 2018

som bahadur tamang

How to Complete 1000 Subscribers and 4000 Hours Watch Time On YouTube Fast Trick in Nepali

YouTube Channel मा छिटो रुपमा 1000 Subscribers and 4000 Hours Watch Time पूरा गर्ने तरीका नेपाली भाषामा 

नमस्कार साथीहरु , म सोम बहादुर तमाङ्ग। मेरो lqlikelovelearn ब्लॉगमा यहाँहरुलाई स्वागत गर्दछु।  म यो मेरो ब्लॉगमा टेक्नोलॉजीसंग सम्बन्धित कंटेंटहरु ल्याउदै गरीरहन्छु। म तपाईहरुलाइ सधै टेक्नोलॉजीसंग  up to date राख्न सकू किनकी मलाई लाग्छ जब तपाईहरुले पढ्नु हुन्छ तब बुझेर अघि बढ्नु हुन्छ।  म पुरै कोशिश गर्ने छू की मबाट दिईएको हरेक जानकारी तपाईहरुले बुझ्न सकुन र आउनुहोस यसैगरी हाम्रो ब्लॉगमा जोड़ीरहनु होस। जसरी मैले भने की यहाँ सधै तपाईहरुको लागि टेक्नोलोजी सम्बन्धी जानकारी ल्याउदछु। आज हामी यस आर्टिकलमा youtube channel मा 1000 Subscribers र 4000 hours watch time कसरी पूरा गर्ने भन्ने बारेमाजति पनि प्रश्नहरु छन त्यो सब को जवाफ तपाईले यस पोस्टमा पाउन सक्नुहुन्छ। जसबाट तपाईहरुले आफ्नो youtube channel मा कम भन्दा कम समयमा 1000 Subscribers र 4000 hours watch time पूरा गर्न सक्नु हुन्छ।

lqlikelovelearn


तपाईहरु सबैलाई थाहा नै होला यही 17 January बाट youtube ले नया youtuber र पुरानो youtuber दुबैको लागि आफ्नो Monetization को Policy (Rules) हरु परिबर्तन गरिदिएको छ।  यदि तपाई नया youtuber हुनुहुन्छ भने तपाईले  आफ्नो youtube channel मा Monetization लाइ Enable गर्नको लागि 1 बर्ष भित्रमा 1000 Subscriber र 4000 hours watch time पूरा गर्नुपर्ने हुन्छ।  यदि तपाईले 1 बर्ष भित्रमा 1000 Subscriber र 4000 hours watch time पूरा गर्नु भयो भने तपाइको Youtube channel मा Monetization Enable हुन्छ र त्यसपछि तपाईले youtube बाट पैसा कमाउन सक्नु हुन्छ।  यदि तपाई पुरानो youtuber हुनुहुन्छ मतलब तपाईले पहिला नै youtube channel बनाएर राख्नु भएको छ र तपाइको च्यानल मा पहिला नै Monetization Enable भएको छ तर तपाइको च्यानमा 1000 Subscriber र 4000 hours watch time पूरा भएको छैन भने वा यसमध्ये कुनै एक पूरा भएको छैन जस्तै : - 1000 Subscribers पूरा भएको छ तर 4000 hours watch time पूरा भएको छैन वा 4000 hours watch time पूरा भएको छ तर 1000 Subscriber पूरा  भएको छैन भने यस्तो अवस्थामा तपाइको youtube channel मा Monetization लाइ disable गरिदिन्छ र त्यसलाई फेरी तपाईले Monetization लाइ Enable गर्नुपर्दछ।

यो पनि पढ्नुहोस :   एउटा जिमेल एकाउन्ट बाटमल्टीपल युटुब च्यानल बनाउने तरिका ।


4000 hours watch time पूरा गर्नको लागि म तपाईहरुलाई केहि अलग तरीका बताउने छू।  तपाईहरुले यो सबै तरिकाहरुलाई राम्रो संग बुझ्नुहोस र आफ्नो YouTube channel मा र video मा यसको प्रयोग गर्नुहोस।  यदि तपाईहरुले यो तरिकाहरुलाई राम्रोसंग प्रयोग गर्नु भयो भने तपाईहरुले कम भन्दा कम समयमा 4000 hours watch time पूरा गर्न सक्नु हुन्छ।

१. Trending Videos हरु सबभन्दा पहिला अपलोड गर्नुहोस :- यदि तपाईहरु चाडो भन्दा चाडो 4000 hours watch time पूरा गर्न चाहनु हुन्छ भने सबभन्दा पहिला Trending Videos हरु upload गर्नुहोस।  Trending Videos को मतलब हो जून video सबभन्दा धेरै चर्चामा छ वा जून news अहिले सबभन्दा धेरै चर्चामा छ र जसलाई मानिसहरुले सबभन्दा धेरै हेरिरहेको छ र मन पराएको छ त्यस्तो topic  मा चाडो भन्दा चाडो राम्रो video बनाएर upload गर्नुहोस।  किनभने जून न्यूज़ सब भन्दा धेरै चर्चामा हुन्छ त्यस topic मा तपाईहरु video बनाउनु हुन्छ भने त्यस video मानिसहरुले पूरा हेर्ने गर्दछ किन भने मानिसहरु त्यस न्यूज़ को बारेमा जान्न चाहन्छन त्यसैले तपाईले अपलोड गरेको video पूरा हेर्नेछन र यसै कारणले तपाइको 4000 hours watch time चाडै पूरा हुनेछ।

२. Video मा राम्रो Tag लगाउनुहोस :- तपाईहरुले आफ्नो YouTube channel मा videos upload गर्दा आफ्नो video मा tag लगाउनुहोस यसले तपाइको video अरु मानिसहरुको बिच सम्म पुर्याउन ठूलो मदत गर्दछ।  जब कोही पनि कुनै topic मा YouTube मा video search गर्दछ भने उसको अगाडी धेरै  video आउने गर्दछ र मानौ तपाईले पनि त्यही topic संग आधारित video बनाएर राख्नु भएको छ र तपाईले आफ्नो त्यो video मा राम्रो tag लगाउनु भएको छ भने तपाइको video त्यो video को लिस्टमा कही न कही पक्कै पनि देख्ने छ। हुन सक्छ तपाइको video सबभन्दा टॉपमा देखिनेछ वा ४ - ५ नम्बरमा देखिनेछ र कही कसैलाई तपाइको वीडियो को जरुरी हुनसक्छ वा उसलाई राम्रो लाग्यो भने तपाइको वीडियो हेर्न पनि सक्छ त्यसैले वीडियो मा राम्रो tag लगाउनाले पनि तपाइको YouTube channel मा  4000 hours watch time चाडो भन्दा चाडो पूरा हुन सक्छ।

३. राम्रो Title र Thumbnail को प्रयोग गर्नुहोस :- जब तपाई आफ्नो YouTube channel मा कुनै पनि video बनाएर अपलोड गर्नुहुन्छ भने त्यसको लागि कुनै एक राम्रो Title सोचेर हाल्नुहोस र त्यस video को लागि कुनै एक राम्रो Thumbnail बनाउनुहोस।  किन भने जब तपाइले अपलोड गरेको video YouTube मा कसैलाई देखिन्छ भने सबभन्दा पहिला तपाइको video को Thumbnail र उस video को Title अगाडी देखिन्छ।  यदि तपाइको Video को Title र Thumbnail राम्रो छैन भने त्यसलाई धेरै भन्दा धेरै कम मानिसहरुले हेर्ने गर्दछ र यदि तपाइको Video को Title र Thumbnail राम्रो छ भने जसको अगाडी तपाइको video देखा पर्दछ एक चोटी जो कोही होस पक्कै पनि त्यसलाई हेर्दैछ र यदि तपाइको video राम्रो छ भने झन video पक्कै पनि पूरा हेर्नेछ।  त्यसैले Video मा राम्रो Title र Thumbnail को प्रयोग गरेर तपाईले पनि आफ्नो YouTube channel मा 4000 hours watch time चाडो भन्दा चाडो पूरा हुन सक्छ।

यो पनि पढ्नुहोस :    नेपालीमा बोलेर कम्प्यूटरमा टाइपिंग गर्ने तरीका ।


४. Video लाइ शेयर गर्नुहोस :- तपाईहरुले आफ्नो YouTube channel मा video अपलोड गरेपछि त्यसलाई धेरै भन्दा धेरै सोशल मीडिया मार्फ़त शेयर गर्नुहोस जस्तै की Instagram, Twitter , Facebook , Whats app आदिमा।  त्यसलाई शेयर गर्नुहोस जसबाट तपाइको वीडियो धेरै भन्दा धेरै मानिसहरु बीचमा पुग्न सकोस किनकी जबसम्म तपाइको video मानिसहरु बिच पुग्दैन तबसम्म  तपाइको video मा like पाउदैन र जबसम्म तपाइको video मा view  आउदैन तबसम्म तपाइको video मा 4000 hours watch time पूरा हुदैन।  हुन सक्छ तपाईलाई यो तरिकाले फाइदा हुन सक्छ वा नभए पनि तपाईले आफ्नो video हरु शेयर गरिरहनु होस किनकी यो तरिकाले तपाईलाई भबिष्यमा पक्कै पनि फाइदा मिल्नेछ।

५. End Screen र Cards ऑप्शन को प्रयोग गर्नुहोस : - तपाईले आफ्नो अपलोड गरेको video मा End Screen र Cards ऑप्शन को प्रयोग गर्नुहोस। जसलाई YouTube को बारेमा थाहा छ उसलाई त राम्रो संग थाहा नै होला की End Screen र Cards भनेको के हो भनेर।  र जो कोहिलाई यसको बारेमा थाहा छैन म बताउदै छू की End Screen को प्रयोग video अपलोड गरिसकेपछि तपाइको video को last मा प्रयोग हुन्छ।  End Screen को भित्र तपाईले पहिला अपलोड गरेको वीडियोहरु प्रयोग गर्न सक्नुहुन्छ जसबाट यदि कोही मानिसले तपाइको  एक video पूरा हेर्दछ भने त्यो मानिसलाई तपाइको अरु video हरु पनि screen मा देखिनेछ र यदि त्यस video मध्यमा उसलाई कुनै एक video राम्रो लाग्यो भने उसले त्यस video मा क्लिक गरी हेर्न सक्दछ।  तपाईले आफ्नो च्यानल को logo पनि लगाउन सक्नु हुन्छ जसबाट video हेर्ने मानिसले त्यसमा क्लिक गरेर तपाइको च्यानललाइ डायरेक्ट Subscribe पनि गर्न सक्छ।  त्यसैले तपाईले  End Screen  र Cards को प्रयोग गरेर पनि आफ्नो च्यानल मा 4000 hours watch time चाडो भन्दा चाडो पूरा गर्न सक्नुहुन्छ।

६. राम्रो video बनाउनुहोस : - यो जरुरी छ की तपाई राम्रो भन्दा राम्रो video बनाउनुहोस।  जबसम्म तपाईले राम्रो वीडियो बनाउनु हुन्न तबसम्म माथि जति पनि तरीका मैले बताएको छू त्यो कुनै पनि तरीका तपाईहरुले काम लाग्नेवाला छैन।  तपाईले आफ्नो वीडियो केहि यस्तो प्रकारले बनाउनु होस जून जब कोही पनि मानिसले तपाइको वीडियो हेर्दछ भने त्यो मानिसले तपाइको वीडियो पूरा नहेरी बंद गर्न नसकोस।  मतलब तपाईले जून टॉपिक मा  बनाउनुहुन्छ त्यसभित्र जून सबभन्दा जरुरी कुरा हुन्छ वा जून सबभन्दा जरुरी point हुन्छ त्यसलाई लास्टमा प्रयोग गर्नको  लागि राख्नुहोस त्यसलाई आफ्नो वीडियो को लास्टमा बताउनुहोस जसले जब कोही पनि मानिसले तपाइको वीडियो हेर्दछ भने त्यो main point को लागि तपाइको वीडियो पूरा हेर्ने गर्दछ।

यो पनि पढ्नुहोस :  ऑनलाइन कमाउन, ब्लॉगगिङ्ग सुरु गर्नु भन्दा पहिला के के गर्नु पर्छ , थाहा पाइराखौ।

यदि तपाईले राम्रो वीडियो बनाएन भने न त तपाइको Trending video काममा आउछ न Tag नै काममा आउछ न तपाइको Title वा Thumbnail नै काममा आउनेछ।  मानौ , तपाईले आफ्नो वीडियोमा राम्रो Tag , राम्रो Title वा Thumbnail लगाउनुभएको छ हुन सक्छ तपाईले अपलोड गरेको वीडियो अरु मानिसहरु सामु पुगेको पनि छ र यो पनि हुन सक्छ तपाईको राम्रो Title वा Thumbnail देखेर तपाइको वीडियोमा क्लिक गरेर पनि हेर्न सुरु गर्छ तर जब तपाइको वीडियो हेर्नेछ र तपाईले अपलोड गरेको वीडियो राम्रो लागेन भने केहि बेरमै हेर्न छोड़ीदिन्छ भने यस कारणबाट यो हुन्छ की तपाइको वीडियोमा View त आउछ तर Watch Time पूरा आउदैन र यस्तो प्रकारले तपाईलाई 4000 hours watch time पूरा गर्न धेरै समय लाग्छ र यो पनि हुन सक्छ की तपाईले 1 बर्ष भित्रमा 4000 hours watch time पूरा गर्न असक्षम हुन्छ।  त्यसैले तपाईहरुले 4000 hours watch time पूरा गर्नको राम्रो वीडियो बनाउन सबभन्दा धेरै नै जरुरी पर्दछ।

नोट: यदि तपाईले माथि बताएको तरीका बाहेक तपाईले कुनै ठूलो Youtuber संग collaboration पनि गर्न सक्नु हुन्छ।  सबै नया youtuber ले यस्तो गर्न सक्दैन तर यदि तपाईले collaboration गर्न सक्नु हुन्छ भने तपाईले यो तरिकालाई पनि फॉलो गर्नु होस।  यसले तपाईलाई धेरै नै फाइदा हुन्छ र तपाइको 4000 hours watch time चाडै नै कम समयमा पूरा हुन सक्छ।  यदि तपाईले कुनै यस्तो Youtuber लाइ चिन्नू वा जान्नु हुन्छ जसको 1000 Subscriber छ वा सो भन्दा बढ़ी यस्तो मा तपाईले आफ्नो वीडियो उसको community Tab मा हाल्न सक्नुहुन्छ र उसको वीडियो को End Screen मा आफ्नो च्यानललाइ add पनि गर्न सक्नु हुन्छ।  उसको वीडियो को डिस्क्रिप्शन मा आफ्नो च्यानल को लिंक पनि हाल्न सक्नु हुन्छ।  भन्नुको अर्थ हो की यदि तपाइको कुनै ठूलो Youtuber संग राम्रो रिलेशन छ भने तपाईले आफ्नो 4000 hours watch time  धेरै कम भन्दा कम समयमा पूरा गर्न सक्नु हुन्छ।

1000 Subscribers : - यदि कुरा गर्ने हो भने 1000 Subscribers को जब सम्म तपाइको 4000 hours watch time पूरा हुन्छ तबसम्म तपाइको 1000 Subscribers पनि पूरा हुन्छ।  केवल तपाइको वीडियो राम्रो हुनु पर्छ र तपाइको 4000 hours watch time राम्रो संग पूरा हुनुपर्छ। मतलब तपाईले कुनै पनि गलत तरिकाले आफ्नो watch Time पूरा गर्नु हुदैन।  यदि कुनै गलत तरिकाले तपाईले आफ्नो watch time पूरा गर्नु हुन्छ भने तपाइको Watch Time त पूरा हुन्छ तर यस्तो गर्नाले तपाइको शायद 1000 Subscribers पूरा हुदैन।

Related Articles




साथीहरु , म आशा गर्दछु की तपाईंहरुलाई यो पोस्ट राम्रो लाग्यो होला र तपाईले बुझ्नु भयो होला की  YouTube channel मा 1000 Subscribers र 4000 hours watch time कसरी पूरा गर्ने भन्ने बारे। यदि तपाईंहरुलाई यो पोस्ट राम्रो लाग्यो भने यसलाई सोशल मीडिया मा आफ्नो साथीहरुलाई शेयर गर्नुहोस र साथ साथै टेक्नोलॉजी सम्बन्धी यस्तै रोमाञ्चक जानकारीको लागि हामीलाई ट्विटर, फेसबुक र ईमेलबाट पनि फॉलो गर्न सक्नु हुन्छ र यसको बारेमा आफ्नो बिचारहरु कमेंट बॉक्समा गएर कमेंट गर्नुहोस।  हामी तपाइको महत्वपूर्ण कमेंटको सधै कदर गर्नेछौ।  
      
!!! धन्यबाद !!!



som bahadur tamang

About som bahadur tamang -

Author Description here.. नमस्कार , साथीहरु म सोम बाहादुर तामाङ् ! LQ = Like * Love * Learn (Admin) , मलाई मैले जानेको कुराहरु सिकाउन र अरुलाई मदत गर्न राम्रो लाग्छ , मैले यस वेबसाइट मा नेपाली भाषामा तपाइहरुलाई अन लाईन मार्फत मदत गर्ने सोच बनाएको छु , यदी तपाइहरुलाई लाग्छ कि यो वेब साइटले तपाईहरु लाई मदत पुर्याउछ भने आफ्नो साथीहरुलाई यसको बारेमा भन्न नबिर्सनुहोला ! !! धन्यवाद !!

Subscribe to this Blog via Email :

thank you for comments.